सोह्रश्राद्ध औंशीमा सुनसान कागबेनी

समाधान संवाददाता २०७७ असोज १ गते १९:४८

एसके थकाली
जोमसोम

कोभिड—१९ रोगका कारण यसवर्षको सोह्रश्राद्धमा कागबेनी सुनसान बनेको छ । सोह्रश्राद्धको सुरुदेखि नै श्राद्ध गर्नेको भीडले भरिभराउ हुने कागबेनी कोरानाको त्रासका कारण यसवषए सुनसान भएको हो ।

कालिगण्डकी नदीमा पितृका नाममा श्राद्ध गर्‍यो भने पितृ उद्दार हुने धार्मिक विश्वास छ । यहाँ तिर्थालुले पितृको सम्झना गर्दै तर्पण दिने, सिदा दान गर्ने र पिण्डदान गर्ने चलन छ ।

Advertisement

कोरोना कहरले सिर्जित विषम अवस्थाका कारण मुस्ताङको पर्यटन क्षेत्रसँगै धार्मिक क्षेत्र पनि सुस्ताएको छ । विगत वर्षमा यहा श्राद्ध गर्न आउने तिर्थालुको भीडले तल्लो मुस्ताङ देखि मुक्तिनाथसम्म गुल्जार रहन्थ्यो । कागबेनीमा सोह्रश्राद्ध तिथिमा समेत कागबेनीस्थल सुनसान भयो भने श्राद्ध गर्ने पुजारी समेत फुर्सदिला बनेका छन् । यहा श्राद्ध गर्ने तिर्थालुको ओइरोले पुजारीलाई पूजापाठ गर्न भ्याइनभ्याइ हुने गथ्र्यो । तर यसवर्ष त्यो दृष्य देख्न पाइएन ।

कोरोना कहरका कारण जिल्लामा तिर्थालु आउन नसकेपछि मुस्ताङका पूरै होटल सुनसान छन् । कागबेनीका पुजारी यज्ञप्रसाद शर्मा गोतामेले सयौं तिर्थालुले गुल्जार हुने कागबेनीधाम यस वर्ष कोरोना कहरले सुनसान भएको बताए । उनले धार्मिकस्थल दामोदरकुण्ड र मुक्तिनाथबाट आएको कालिगण्डकी नदीमा श्राद्ध गर्नाले पुण्य प्राप्त हुने बताए । ‘यसवर्ष कोरोना माहामारीले धार्मिक क्षेत्र प्रभावित बन्यो,’ उनले भने, ‘समय अनुकुल भयो भने अर्को वर्ष पनि श्राद्ध गर्न सकिन्छ ।’

Advertisement

कोरोना कहरमा पनि जिल्लामा कार्यरत सरकारी कार्यालयका केही कर्मचारीले पितृका नाममा श्राद्ध गर्न आए पनि जिल्ला बाहिरबाट कोही आउन नसकेको पुजारी शर्मा गोतामेले बताए । अर्को एक पुजारीले भने यसस्थानमा श्राद्ध गर्दा एक मानिसको उपस्थितिले भगवान देख्न पाइने उल्लेख गरे । मुस्ताङमा गर्त वर्ष आंैशी तिथिमा मात्रै ५ हजार तिर्थालु श्राद्ध गर्न मुस्ताङ आएको उनको स्मरण छ ।

सोह्रश्राद्धमा गतवर्ष मात्रै १० हजार तिर्थालु मुस्ताङ आएका थिए भने ७ सयभन्दा बढी यात्रुवाहक सवारी साधन मुस्ताङ भित्रिएको थियो । मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आएका तिर्थालु श्राद्ध भ्याएर उकालो उक्लदै मुक्तिनाथ दर्शन गर्न जान्थे । मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले कोरोना कहरका मुक्तिनाथ मन्दिर सोह् तिथिमा समेत सुनसान भएको बताए । मुक्तिनाथ विकास समितिले पनि विगत ६ महिना अघि सर्वसाधरणका लागि दर्शन गर्न रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया