जाल्पा लघुवित्तको मर्ज प्रस्ताव पारित

समाधान संवाददाता २०७७ असोज २ गते ११:४३

समाधान संवाददाता, पोखरा

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहीबारको विशेष साधारणले सभा महिला सामुदायिक लघुवित्त वित्तीय संस्था दाङसँग गाभिने विशेष प्रस्ताव पारित गरेको छ । दुबै सस्था गाभ्ने/गाभिने सम्बन्धमा २०७६ माघ १६ गते प्रारम्भिक समझादारीपत्र भएको थियो । राष्ट्र बैंकले २०७७ असार ५ गते यी संस्था गाभ्न सैद्धान्तिक सहमति दिएको थियो ।

मर्जपछि वित्तीय संस्थाको नाम सिर्जना सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड हुने भएको छ । कार्यक्षेत्र राष्ट्रियस्तरको हुनेछ । गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा गरी ५५ वटा शाखा मार्फत ८० हजार ग्राहक सदस्यहरुलाई सेवा प्रदान गर्ने, संस्थाको बचत २ अर्ब हुनेछ । लगानी ३ अर्ब रुपैयाँ पुग्नेछ । संस्थामा ३५७ जना कर्मचारी हुनेछन् ।

Advertisement

सञ्चालक समितिको तर्फबाट गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव अध्यक्ष अर्जुन श्रेष्ठले पेस गरेका थिए । दुबै संस्था गाभिएपछि राष्ट्रियस्तरको एक सवल, सक्षम र ग्राहकमैत्री लघुवित्त वित्तीय संस्था बनी गुणस्तरीय सेवा प्रदान गर्ने धारणा उनले व्यक्त गरे ।

सभामा सञ्चालक मीनप्रसाद शर्मा भट्टराईले स्वागत मन्तव्य राखे । दुवै संस्था मर्ज गर्न बनेको संयुक्त मर्जर समितिका संयोजक वीरबहादुर अधिकारीले मर्जर सम्बन्धी गतिविधिहरुको बारेमा प्रकाश पारे ।
सभामा सञ्चालक विश्वकुमार बिजुक्छेले उपस्थित सेयरधनी तथा मर्जर कार्य सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे ।

Advertisement

संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव अशोक आचार्यले सञ्चालक गरेका थिए । सभामा सेयरधनीबाट उठेका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष अर्जुन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया