गण्डकीमा थप ५६ जनामा कोरोना, १ संक्रमितको मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ५६ जना कोरोना संक्रमित थपिएका छन् । चितवन र पोखराका प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ५६ जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा नवलपुरका ३४, कास्कीका १७, तनहुँका ४ र स्याङ्जाका १ जना छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ सय ३६ पुगेको छ । तीमध्ये १९ सय ७५ जना निको भएका छन् ।
गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जटिल खालकाे श्वासप्रश्वास र मृगौलाको समस्या भएका उनी २५ भदौमा चितवन मेडिकल कलेज भर्ना भएका थिए । २६ भदौमा ती पुरुषमा कोरोना पुष्टि भएको थियो ।
योसहित गण्डकीमा मृतकको संख्या ३२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया