नेपालमा आज थप २०२० जनामा कोरोना, ७ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ असोज २ गते १६:४१

समाधान संवाददाता, पोखरा

नेपालमा शुक्रबार २ हजार २० नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षणमा २ हजार २० जनालाई संक्रमण देखिएको जानकारी दिए।

योसहित कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ। २४ घण्टामा ८ सय ७१ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ।

Advertisement

७ संक्रमितको मृत्यु

नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ।

Advertisement

पछिल्लो २४ घन्टामा ५ जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया