प्रदेश सांसदले बाँडिन् दृष्टिविहीनलाई सेतो छडी र झोला

पोखरा, ३ असोज
गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले औंसीको सदर्भ पारेर पितृहरुको सम्झनामा दृष्टिविहीनहरुको संस्थालाई सेतो छडी र झोला सहयोग गरेकी छन् । सांसद गुरुङले दृष्टिविहीन स्वरोजगार संघलाई ३० वटा सेतो छडी र ३० वटा झोला प्रदान गरेकी हुन् ।
सांसद गुरुङले यसअघि पनि दृष्टिविहीन संघलाई यस्तै खालका सहयोग गर्दै आएकी छन् । सांसद गुरुङले प्रदेश सभाबाट प्राप्त पारिश्रमिकबाट आएको रकम समाजसेवामा लगाएकी छन् ।
दृष्टिविहीन स्वरोजगार संघका अध्यक्ष दण्डपाणि ढकालले सेतो छडी र ब्याग पाएपछि खुसी व्यक्त गरे । उनले सांसद गुरुङलाई धन्यवाद दिए । उनले सांसद गुरुङबाट आपूmलाई बेलाबेलामा सहयोग प्राप्त हुने गरेको बताए । उनले भने, ‘हामीलाई यी सामाग्रीको अति नै आवश्यकता थियो । मीना दिदीबाट सहयोग भयो ।’
दृष्टीविहीन स्वरोजगार संघले केही घरेलु हुने प्रयोगका सामानहरु समेत उत्पादन गर्ने गरेको ढकाले सुनाए । तर अहिले कोभिडका कारण र लकडाउनले गर्दा सामानहरु बिक्री हुन छाडेपछि । आर्थिक तथा अन्य भौतिक सहोयगको खाँचो उनले औंल्याए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया