पोखरा महानगरका लेखा प्रमुख जयरामकाे मन्त्रालयमा सरुवा

समाधान संवाददाता २०७७ असोज ४ गते ७:३५

समाधान संवाददाता

पोखरा महानगरपालिकाका लेखा प्रमुख जयराम पौडेलको काज सरुवा भएको छ । राजस्व असुली सम्बन्धि विवादमा मुछिएका पौडेलकाे असौज ३० गते देखि लागु हुने गरी सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।

कर्मचारी समायोजन हुने बेलामा स्थानीय तह रोजेर पोखरा महानगर पालिकाको लेखा प्रमुख बन्न आएका पौडेलको पोखरामा महानगरमा कर्मचारी र जनप्रतिनिधिहरुसँग नै टसल थियाे ।

Advertisement

उपसचिव तहका पौडेलको पोखरा महानगर बाहेक गण्डकी प्रदेशका अन्य कुनै ठाउमा सरुवा गर्न मिल्ने ठाउ छैन् । त्यसैले मन्त्रालय मै तानिएको श्रोतले बतायो ।
उनलाई ३ महिनाको लागि काजमा सरुवा गरिएको हो । सरुवाको पत्र महानगर कार्यालयमा आइसकेको छ ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले राजस्व असुली विवादमा मुछिएका कर्मचारीहरुलाई कारवाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थिए ।

Advertisement

रामघाटको बालुुवाको राजस्व समयमै नउठ्नुमा लेखा प्रमुख पौडेल, राजस्व शाखा प्रमुख गणेश पाण्डे र राजस्व शाखाका पूर्व प्रमुख छवि शर्माको हात रहेको भन्दै तिनै जनालाई कारवाही गर्न मेयरले निर्देशन दिएका थिए । मेयरको निर्देशन पछि प्रशासकीय प्रमुख महेश बरालले कस्ताे कारवाही गर्ने भन्ने बारेमा छानविन भैरहेको बताएका थिए ।

यहीबीचमा पौडेलको काज सरुवा भएको छ ।

अब पाैडेल सामान्य प्रशासन मन्त्रालयमा जगेडा कर्मचारीका रुपमा रहनेछन् । उनले तलब सुविधा भने पाेखरा महानगरपालिकाबाटै खाने छन् ।

तपाईको प्रतिक्रिया