पोखरा महानगरका लेखा प्रमुख जयरामकाे मन्त्रालयमा सरुवा

समाधान संवाददाता
पोखरा महानगरपालिकाका लेखा प्रमुख जयराम पौडेलको काज सरुवा भएको छ । राजस्व असुली सम्बन्धि विवादमा मुछिएका पौडेलकाे असौज ३० गते देखि लागु हुने गरी सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।
कर्मचारी समायोजन हुने बेलामा स्थानीय तह रोजेर पोखरा महानगर पालिकाको लेखा प्रमुख बन्न आएका पौडेलको पोखरामा महानगरमा कर्मचारी र जनप्रतिनिधिहरुसँग नै टसल थियाे ।
उपसचिव तहका पौडेलको पोखरा महानगर बाहेक गण्डकी प्रदेशका अन्य कुनै ठाउमा सरुवा गर्न मिल्ने ठाउ छैन् । त्यसैले मन्त्रालय मै तानिएको श्रोतले बतायो ।
उनलाई ३ महिनाको लागि काजमा सरुवा गरिएको हो । सरुवाको पत्र महानगर कार्यालयमा आइसकेको छ ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले राजस्व असुली विवादमा मुछिएका कर्मचारीहरुलाई कारवाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका थिए ।
रामघाटको बालुुवाको राजस्व समयमै नउठ्नुमा लेखा प्रमुख पौडेल, राजस्व शाखा प्रमुख गणेश पाण्डे र राजस्व शाखाका पूर्व प्रमुख छवि शर्माको हात रहेको भन्दै तिनै जनालाई कारवाही गर्न मेयरले निर्देशन दिएका थिए । मेयरको निर्देशन पछि प्रशासकीय प्रमुख महेश बरालले कस्ताे कारवाही गर्ने भन्ने बारेमा छानविन भैरहेको बताएका थिए ।
यहीबीचमा पौडेलको काज सरुवा भएको छ ।
अब पाैडेल सामान्य प्रशासन मन्त्रालयमा जगेडा कर्मचारीका रुपमा रहनेछन् । उनले तलब सुविधा भने पाेखरा महानगरपालिकाबाटै खाने छन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया