वतृत्वकलामा मदरल्यान्डका अन्जन प्रथम

समाधान संवाददाता २०७७ असोज ४ गते १५:२०

समाधान संवाददाता, पोखरा

पोखरेली युवाहरुको संस्था आवाजले आयोजना गरेको वतृत्वकला प्रतियोगितामा मदरल्यान्ड माविका अन्जन पौडेल प्रथम भएका छन् । पाँचौ संविधान दिवसका अवसरमा शिक्षामा आवाज भन्ने नाराका साथ संस्थाले शनिबार महानगरस्तरीय भर्चुअल वतृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा केफ माविकी जागृति अधिकारी द्घितीय र हिमालयन बोर्डिङ स्कुलकी अश्मि भण्डारी तृतीय भएको संस्थाका सचिव अर्जुन परियारले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ८ हजार, ४ हजार र २ हजार नगर र प्रमाणपत्र पुरस्कार पाएका छन् । प्रतियोगितामा पोखराका १० विद्यालयका १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया