विद्यार्थीलाई वडाको छात्रवृत्ति

समाधान संवाददाता, पोखरा
पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि वडा कार्यालहरुले समेत छात्रवृत्ति दिने भएका छन् ।
वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ ‘दर्शन लामा’ ले फेसबुकमा स्टाटस लेख्दै छात्रवृति सम्बन्धी सूचना सार्वजनिक गरेका छन् ।
उक्त सूचनामा भनिएको छ, ‘पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयद्वारा आह्वान गरिएको सिभिल र अटो मोबाइल विषयमा छनोट भएका विद्यार्थी मध्ये वडा नम्बर १३ स्थायी निवासी एक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयको तर्फबाट ३ वर्षे कोर्ष छात्रवृत्ति प्रदान गरिने छ ।’
वडा नम्बर १९ का अध्यक्ष तथा सचेतक शोभामोहन पौडेलले फेसबुक स्टाटसमा लेखेर छात्रवृत्तिको समन्वय गरिदिन वडा कार्यालयहरुलाई आह्वान गरेका छन् ।
वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले वडामा बसोबास गर्ने अति विपन्न र जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिएर छात्रवृत्ति उपलब्ध गराउने बताए । वडा नम्बर २८ का अध्यक्ष निर्मल दियाली सुनारले आफ्नो वडाका २ जनालाई निशुल्क पढाउने बताए ।
वडा नम्बर ५, ७, १३, १८, २०, २१, २४, २६, २७, २८, २९, ३०, ३१ का वडा अध्यक्षहरुले प्रवेश परीक्षामा उत्तीर्ण हुने १ जना आफ्नो वडामा स्थायी बसोबास भएकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउने पोखरा महानगरपालिका शिक्षा महाशाखाले बताएको छ ।
वडा नम्बर १, १६, १७, १९, २२, ३२, ३३ लगायतका वडाहरुले पनि एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा वडा कार्यालयमा छलफल भइरहेको बताएका छन् ।
यो बाहेक गण्डकी बहुप्राविधिक शिक्षालयले सिटिइभिटीबाट छनोट भएर आएका प्रति शंकाय ४ जना, प्रवेश परीक्षा उत्कृष्ट हुने प्रति शंकाय एक जना, महानगर छात्रवृत्ति प्रति शंकाय ५ जना तथा महानगर सहुलियत कोटामा ६ जनालाई छात्रवृत्ति प्रदान गरिने शिक्षालय सञ्चालक समितिका सदस्य एव वडा नम्बर २९ का अध्यक्ष चेतबहादुर गुरुङले बताए ।
शिक्षालयले एक सूचना जारी गरेर असोज १५ गतेसम्म भर्नाका लागि आवदेन दिन सकिने बताएको छ ।









सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया