पत्रकार कमल पाैडेल अथकलाई पितृशाेक

पोखरा
पत्रकार कमल पौडेल ‘अथक’ लाई पितृशोक परेको छ ।
उनको पिता डिल्लीराम पौडेलको ८० वर्षको उमेरमा आइतबार राति करीब ११ बजे आफ्नै निवास स्याङ्जा आधिखोला गाउँपालिका वडा नं ३ पाख्रीबोटमा निधन भएको हो ।
उनी केही समयदेखि फोक्सो सम्बन्धी समस्याका कारण प्रभावित थिए । उनको आजै पर्वत मोदीवेणीमा अन्त्येष्टि गरिने छ ।
उनका चार छोरा र एक छोरी छन् । छोरामध्य अथक जेठा छोरा हुन् । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य समेत रहेका अथक पोखराको रेडियो सराङकोटममा कार्यरत छन् । उनी नेपाल प्रेस युनियन कास्कीबाट गण्डकी प्रदेश पार्सद हुन् ।
यसैबीच, नेपाल प्रेस युनियन कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी अथकलाई पितृशोक परेकोमा दुःख व्यक्त गरेको छ ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया