राेमाञ्चक खेलमा दिल्ली क्यापिटल विजयी

समाधान संवाददाता २०७७ असोज ५ गते ११:१९

एजेन्सी

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको राेमाञ्चक खेलमा दिल्ली क्यापिटल विजयी भएकाे छ ।

नेपाली क्रिकेटर सन्दिप लामिछानेकाे टिम दिल्लीले पहिलाे खेलमा सन्दिपलाई भने खेलाएकाे थिएन । साे खेलमा सुपर ओभरमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबलाई पराजित गरेको हाे ।

Advertisement

यो सिजनको आइपिएलको दोस्रो खेलमा सुपर ओभरमा दिल्लीले ६ बलमा २ रन मात्र बनाएको थियो । दिल्लीकाे तर्फबाट सुपर आेवरमा बलिङ गरेका रबडाले निकै कसिलाे बलिङ गर्दै जम्मा २ रन बनाउन दिए ।

यसअघि सुपर ओभरमा पञ्जाबले दुई विकेट गुमाएर दुई रन बनाएको थियो । केएल राहुलले दुई रन बनाएका हुन् । दुई विकेट गुमाएकाले सुपर ओभरमा पञ्जाबले मात्रै तीन बल प्रहार गर्न पायो ।

Advertisement

दिल्लीले पहिले ब्याटिङ्ग गरेर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।

पहिलाे इनिङ ब्याटिङ गरेकेा दिल्लीले निकै खराब सुरुवात गरेकेा थियाे तर अन्त्य भने सुखद थियाे । स्टाेनले आक्रामक बलिङ गर्दै २१ बलमा ५३ रन हानेपछि दिल्ली १५७ काे स्काेर खडा गर्न सफल भएकाे थियाे ।

त्यसपछि किंग्स इलाभेन पञ्जाबले पनि २० ओभरमा ८ विकेट नै गुमाएर १५७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

तपाईको प्रतिक्रिया