बङ्गलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

समाधान संवाददाता २०७७ असोज ५ गते १९:४४

काठमाण्डाै‌ं, रासस ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

कृषि मन्त्रालयमा भएको भेट मन्त्री भुसालले नेपाल र भारतका बहुसङ्ख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुवै मुलुकबीच अझ धेरै सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।

Advertisement

भारतीय राजदूत क्वात्राले बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताउनुभएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो ।

भारतीय राजदूतले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पु¥याउने बताउँदै नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न भारत सधैंँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया