उद्यमशीलतमा जोड दिँदै सामाजिक सेवा दिवस मनाइँदै

पोखरा
यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारालाई सार्थक पार्न आर्थिक समृद्धि, सचेतना, सामाजिक उत्तरदायित्व लगायतका विषयसँग जोडेर असोज ६ गतेदेखि १२ गतेसम्म विविध कार्यक्रम गरी मनाउन लागेको जानकारी गराएको हो ।
गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले अब गैससलाई उद्यमशीलतामा जाने वातावरण निर्माण गरेर सामाजिक उत्तरदायित्वमा समावेश गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक कार्यकर्ता दायित्वलाई जनसमक्ष पु¥याउँदै संगठनको वर्गीकरण गरेर कामको आधारमा जिम्मेवारी दिनुपर्ने बताए । ‘गैससमा आवद्ध विभिन्न समूह युवाहरुले गरेका ‘इन्नोभेसन’ का कामहरुलाई उद्यमशीलतमा जोड्नु पर्छ र आफूले जानेको सीप ज्ञानलाई राष्ट्रिय गौरवको रुपमा स्थापित गर्नुपर्र्छ,’ सुवेदीले भने । उनका अनुसार सामाजिक सेवा दिवसका अवसरमा ७ प्रदेशमा करिब ८ सय कार्यक्रमहरु समाज कल्याण परिषद्मा दर्ता भएका छन् ।
गैसस महासंघ गण्डकीका अध्यक्ष विनाकुमारी सिलवालले कोभिड –१९ को प्रभावले यस वर्षका सामाजिक सेवा कार्यक्रमलाई भर्चुअल र विभिन्न सञ्चार माध्यमबाट साथै केही मात्र स्थलगत कार्यक्रमहरु तय भएको जानकारी दिइन् । उनका अनुसार गण्डकी प्रदेशमा ४ सय ५० संस्था गैससमा आवद्ध छन् । हालसम्म एकसय ३८ कार्यक्रम तय भएका छन् ।
यस वर्षको ४१ आंै सामाजिक सेवा दिवसको नारा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया