गण्डकी प्रदेश प्रहरी विधेयक संसदमा

समाधान संवाददाता २०७७ असोज ६ गते ६:१५
u08sL k|b]z;ef a}7s kf]v/f, @@ h]7 M kf]v/fsf] ;efu[xdf a;]sf] u08sL] k|b]z;efsf] a}7sdf ;xefuL dGqL tyf k|b]z ;b:o . t:jL/ xl/ afF:tf]nf÷/f;;

पोखरा

लामो रस्साकस्सीपछि प्रदेश प्रहरी सम्बन्धी विधेयक गण्डकी प्रदेश सभामा सोमबार पेस भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सदनमा गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन् ।

केन्द्रमा प्रहरी समायोजनबारे कुरा नमिल्दा यो विधेयक रोकिएको थियो । प्रदेश नम्बर २ ले २ वर्षअघि नै यो विधेयक पारित गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

Advertisement

प्रदेशको शान्ति सुरक्षामा प्रदेश सरकारकै दायित्व हुने भए पनि ऐन केन्द्रबाट बाटो नखुल्दा प्रदेशमा कानुन बनाउन रोकिएको थियो । सोमबारकै बैठकमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले प्रदेश खेलकुदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेकी छन् ।

प्राधिकरण विधेयक सदनमा फिर्ता
दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा फिर्ता भएको छ ।

Advertisement

असार १६ गते संसद सचिवालयमा दर्ता भएको विधेयक साउन २३ गते विधायन समितिमा पठाइएको थियो । आइतबार बसेको समितिको बैठकमा कांग्रेसको विरोध रहे पनि बहुमतका आधारमा विधेयक पारित भएको थियो ।

विधायन समिति सदस्यसमेत रहेका कांग्रेस सांसद मणिभद्र शर्मा कँडेलले पेस गरेको संशोधन फिर्ता नलिएपछि बहुमतका आधारमा उक्त विधेयक पारित भएको हो । समितिका सदस्य राजीव पहारीले प्रतिवेदनसहित उक्त विधेयक सोमबार सदनमा पेस गरेका हुन् । विधेयकमाथि सुरुमै विरोधको सूचना दर्ता गरेको नेपाली कांग्रेसले उक्त सूचना सदनबाट बहुमतले अस्वीकृत भएपछि ५ वटा बुँदामा संशोधन पेस गरेको थियो । उक्त संशोधनलाई समितिले पनि नसमेटेपछि कांग्रेसले नोट अफ डिसेन्ट लेखेको हो ।

तपाईको प्रतिक्रिया