तरुण दलको आर्थिक सहयोग

पाेखरा
नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा तरुण दल कास्कीले सुरु गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ ।
तरुण दल कास्कीले कास्की क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाँउपालिका वडा नम्बर १ र २ का बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको हो । अन्नपूर्ण गाउँपालिका १ का विष्णु परियार, वडा नम्बर २ का ऋषिराम अधिकारी, रामजी भण्डारी र राजाराम भण्डारीलाई जनही ५÷५ हजारको दरले सहयोग गरेको हो ।
कार्यक्रमका नेपाली कांग्रेस कास्की उपसभापति आइबहादुर गुरुङ, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य भरतबहादुर अधिकारी, कार्यक्रमका अध्यक्ष विजय गुरुङ, क्षेत्र नम्बर ३ का संयोजक विकास गुरुङ लगायतले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका कांग्रेस नेता आइबहादुर गुरुङ, तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति मनपति भण्डारी, विजय गुरुङ, तरुण दल कास्की क्षेत्र नम्बर ३ का संयोजक विकास गुरुङ, कांग्रेस जिल्ला सदस्य भरतबहादुर अधिकारी, तरुण दलका पूर्व केन्द्रीय भरतजंग कँुवर, कांगे्रस अन्नपूर्ण २ का सभापति लोकराज भण्डारी र तरुण दल अन्नपूर्ण सचिव दिल जिसी दाहालले मन्तव्य राखेका थिए । यसअघि दलले कास्कीको ल्वाङ र मादीका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिसकेको छ ।









माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
रघुगंगाको दुवारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया