संवैधानिक निकायमा सक्षम व्यक्ति नियुक्त गर्न सिटिजन जुरीको माग

पोखरा
संवैधानिक निकायहरुमा याेग्य र सक्षम व्यक्तिलाई तत्काल नियुक्ति गर्न सिटिजन जुरी कास्कीले आग्रह गरेको छ । भ्रस्टाचारवरिुद्धको नागरिक निगरानी संस्था सिटिजन जुरी कास्कीको सोमबार बसेको बैठकले योसहित राष्ट्रिय महत्वका विषयमा प्रस्ताव पारित गरेको हो ।
संस्थाका संस्थापक रामबहादुर पौडेलका अनुसार संवैधानिक निकायमा समयमै पदाधिकारी नियुक्ति नगरी ती संस्थालाई कमजोर बनाउँदै लैजाने काम सरकारबाट भएकाले तत्काल नियुक्तिको माग गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तसहित अरु महत्वपूर्ण पदहरुमा पार्टी निकट व्यक्तिहरु भागबन्डाका आधारमा नियुक्ति गर्ने परम्परापरा पुनारावृत्ति हुने संकेत देखिएको भन्दै जुरीले चिन्त व्यक्त गरेको छ ।
उच्च नैतिक चरित्र, विगतमा सुशासन प्रवद्र्धनमा गरेको योगदानका आधारमा योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्न जुरीले आग्रह गरेको छ ।
स्वास्थ्य र शिक्षाका क्षेत्रमा भएको माफियाकरण र बेथितिविरुद्ध निरन्तर संघर्ष गर्दै आएका डा. गोविन्द केसीसँग सरकारले पहिला गरेका सहमति पालना नगरेका कारण पुन अनसन बस्न वाध्य भएको भन्दै जुरीले उनको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । ‘डा. केसीको माग तुरुन्त्र लागु गरी उनको अनसन अन्त्य गर्ने वातावरण सरकारले सिर्जना गरोस,’ पारित प्रस्तावमा भनिएको छ । डा. केसीको जीवनमा कुनै खतरा उत्पन्न भए त्यसको जिम्मोवार सरकार हुनुपर्ने जुरीको ठहर छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया