थप १३५६ मा काेराेना संक्रमण

समाधान संवाददाता २०७७ असोज ६ गते १७:०४

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

याे २४ घण्टामा मृतकाे स‌ंख्या भने घटेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार जम्मा २ जनाकाे ज्यान गएकाे छ भने ८२३ जना निकाे भएर घर गएका छन् ।

Advertisement

मंगलबार थपिएकासहित हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।

कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Advertisement


तपाईको प्रतिक्रिया