पोखराका पत्रकार श्रेष्ठ र कँडेल पुरस्कृत

समाधान संवाददाता २०७७ असोज ६ गते २१:५०

समाधान संवाददाता, पोखरा

प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सवका अवसरमा कास्कीका दुई पत्रकार सम्मानित भएका छन् । काउन्सिलको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र फोटो पत्रकार राधिका कँडेल पुरस्कृत भएका हुन् ।

अध्यक्ष श्रेष्ठलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो भने कँडेललाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । श्रेष्ठ र कँडेललाई क्रमशः नगद २० हजार र १५ हजार रुपैयाँसँगै सम्मानपत्र प्रदान गरिएको छ ।

Advertisement

काउन्सिलको कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा र काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कास्कीका पत्रकारद्वय श्रेष्ठ र कँडेलसँगै अन्य पत्रकारलाई सम्मानित गरेका थिए ।

पत्रकारिताा स्नातकोत्तर गरेका पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष श्रेष्ठ करिब २ दशकदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील छन् । रेडियो अन्नपूणर्बाट विसं २०५८ मा सञ्चार क्षेत्रमा काम थालेका श्रेष्ठले कोभिडका कारण उत्पन्न परिस्थितिपछि गत महिना रेडियोबाट राजीनामा बुझाएका थिए ।

Advertisement

युवा पत्रकारिता पुरस्कारबाट सम्मानित कँडेल राष्ट्रिय समाचार समिति (रासस)मा फोटो पत्रकार छिन् । प्रेस काउन्सि गोपालदास पत्रकारिता पुरस्कारबाट शम्भु श्रेष्ठ पुरस्कृत भएका छन् । उनी नगद १ लाख ५१ हजार रुपैयाँबाट सम्मानित भए । प्रेस काउन्सिल सुरेन्द्र्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट नगद १ लाख १० हजारसहित अर्जुन बोहोरा सम्मानित बने ।

प्रेस काउन्सिल आचार संहिता पुरस्कार सेतोपाटी डटकमले हात पार्दा गोविन्द केसी, राजन कार्की, धमेन्द्र कणर्, ऋषि धमला, उमेश श्रेष्ठ र नीतु पण्डित क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भए । उनीहरु सबैले नगद २० हजार रुपैयाँ प्राप्त गरे ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट राधिका कँडेलसँगै सटेन्द्र जबेगु, सुरेशचन्द्र अधिकारी र माधव पौडेल सम्मानित भए ।

तपाईको प्रतिक्रिया