प्रहरीलाई १ हजार मास्क सहयोग

समाधान संवाददाता २०७७ असोज ७ गते ९:५१

समाधान संवाददाता, पोखरा

होटल तालिम प्रदायक संघ नेपालले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई १ हजार थान मास्क सहयोग गरेको छ ।

संघका अध्यक्ष ज्ञानबहादुर रानालगायतको संघको टोलीले सोमबार आयोजित एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई मास्क हस्तान्तरण गरेको हो ।

Advertisement

त्यस अवसरमा कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमाल, संघका सल्लाहकार विजय पौडेल, सचिव सम्मरबहादुर थापा, सदस्यहरू ललित लामिछाने, मुकेश गुरुङ र दीपेन्द्र अधिकारीको समेत उपस्थिति थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष रानाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षामा सहयोग पुगोस् भनेर थोरै भएपनि सहयोग गरिएको बताए ।

Advertisement

नवगठित संघको तर्फबाट अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको साथमा छौं भन्ने आभास दिलाउन खोजेको जानकारी रानाले दिए । उनले आम नागरिकको सुरक्षामा प्रहरीको ठूलो भूमिका रहेको उल्लेख गरे ।

सहयोग सामग्री ग्रहण गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले कोभिड–१९ को महामारीका बेला यस्ता सहयोगले प्रहरीलाई कार्यक्षेत्रमा खट्न सहज हुने सुनाए ।

आम नागरिक पनि बर्दीविनाको प्रहरी भएको उल्लेख गर्दै श्रेष्ठले समाज शान्ति र अमनचयन कायम गर्न नागरिक प्रहरीबीच आपसमा सहकार्य आवश्यक रहेको सुनाए । उनले सहयोगका लागि संघलाई धन्यवादसमेत दिए ।

तपाईको प्रतिक्रिया