कीर्तिमानी आरोही आङरिता शेर्पाको अन्त्येष्टि

समाधान संवाददाता २०७७ असोज ७ गते १७:२४

समाधान संवाददाता, पोखरा ।

बुधबार कीर्तिमानी आरोही आङरिता शेर्पाको अन्त्येष्टि गरिएको छ । सोमबार आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएका र्शेपाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’ को पार्थिव शरीर शेर्पा गुम्बामा राखिएको थियो ।

Advertisement

शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निणर्य मन्त्रिपरिषद्काे मंगलबारको बैठकले गरेको थियाे। निणर्य बमोझिम संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बामा शेर्पाको शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।

उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विना अक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियाे ।

Advertisement

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सजिन नै माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागरि लगायत दर्जनौँ हिमालको उनले आरोहण गरेका थिए।

तपाईको प्रतिक्रिया