तालवेशी अवधारणामा दिपाङ ताल संरक्षण

समाधान संवाददाता २०७७ असोज ७ गते १९:३०

जुद्धबहादुर गुरुङ

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हिमाल, पहाड, तराई, वनजडल, नदीनाला, तालतलैया, अलौकिक भौगोलिक दृश्यहरुलाई विभिन्न जाताजाति र संस्कृतिले अझ सुन्दरताबनाई मनमोहक बनाएको छ ।

नेपालमा सहासिक पर्यटकीय गतिविधिले थप आकर्षण बनाएको छ । पर्यटकिय राजाधानीपोखरालाई तालहरुले पर्यटन गतिविधिलाई वढाएको छ ।

Advertisement

यस क्षेत्रका हिमाली दृश्य फेवातालमा पर्ने छायाले घेरै पर्यटकहरुलाई आकर्षणमात्र होइन मनमा दीर्घकालीन छाप पार्दछ । तर पोखराका तालहरुको अवस्था दिनहुँ खस्किँदो छ ।

प्रायजसो तालहरु अतिक्रमण भएका छन् । अधिक तालहरु मिचाह प्रजातिका प्रवेशले प्रभावित छन् । विश्व जलवायु परिवर्तनको प्रभाव पनि उत्तिकै देखिएको छ ।

Advertisement

नेपाल सरकारले सन् २०१६ फेब्रुअरी २ मा पोखरा उपत्यकाका ९ वटा तालहरु रामसार सूचीमा सूचीकृत गरेको छ ।

वातावरणीय प्रदूषण खासगरी जलीय वातावरणमा रासायनिक लगायत अन्य ठोस पदार्थहरुको उत्सर्जनले प्रदूषित छ । मानिसहरुले ताल क्षेत्रलाई विभिन्न वाहनामा अतिक्रमण गरेका छन् । कतिपय ताल क्षेत्रहरु सुकाएर कृषि क्षेत्र तथा बस्ती लगायत अन्य प्रयोजनमा परिणत गरिएको छ ।

कतिपय तालको गुणस्तरमा ह्रास आएको छ । यसरी पोखरा क्षेत्रका तालहरु बहुआयामिक नकारात्मक प्रभावले ग्रसित छन् । नेपालका तालहरुलाई व्यवस्थित दिनहूँ यसको क्षेत्रफल खुम्चिरहेको छ । यी सबै समस्याको मूल कारक हो कमजोर सुशासन ।

नेपाल सरकारले सन् २०१६ फेब्रुअरी २ मा पोखरा उपत्यकाका ९ वटा तालहरु रामसार सूचीमा सूचीकृत गरेको छ ।

यो क्षेत्र रामसार क्षेत्रमा सूचीकृत पश्चात् ताल क्षेत्रमा सरकारी तथा गैरसरकारी लगानी बढेको छ । व्यापारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंक लगायत क्षेत्रको ताल क्षेत्रमा लगानी भएको छ । नेपाल सरकारको पहलमा विश्व वन्यजन्तु कोष हरियो वन कार्यक्रमले यी तालहरुको एकीकृत तालबेशीव्यवस्थापन कार्ययोजना तयार भएको छ ।

यही कार्ययोजनाको आधारमा संरक्षण विकास फाउन्डेसन काठमाडौं,कन्जरभेसन डेभलपमेन्ट फाउन्डेसन काठमाडौंले दिपाङ तालको संरक्षणका लागि एकीकृत तालवेशी व्यवस्थापन अवधारणाद्वारा यस क्षेत्रका ताल संरक्षणलाई नमुनाको रुपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकार, ताल क्षेत्रको समुदाय तथा वैदेशिक दातृसंस्थालाई प्रस्तावहरु तयार गर्ने कार्य भएको छ ।

संरक्षण विकास फाउन्डेसन (कोडफान्ड) तथा अंगे्रजीमा कन्जरभेसन डेभलपमेन्ट फाउन्डेसन काठमाडौं १०१ जना संरक्षणप्रेमी संस्थापक सदस्य रहेको गैरसरकारी संस्था हो ।

यो संस्था विभिन्न समयमा सरोकारवाला संघ संस्थाहरुको बीचमा भएको छलफल, अन्तक्र्रिया तथा कार्यशाला गोष्ठीहरु पश्चात् सन् २०११ जुन ५ का दिनमा स्थापना भएको संस्था हो । नेपाल सरकारको संघ संस्था ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा यो संस्था दर्ता छ ।

यो संस्था जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण छ भनी पहिचान भएको तर कुनै पनि निकायको यथेष्ठ ध्यान नपुगेको सीमसार क्षेत्रको अध्ययन, अनुसन्धान तथा व्यवस्थापनमा प्राविधिक सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको हो ।

कोडफन्डले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय ताल विकास संरक्षण समिति काठमाडौंका लागि नेपालका सीमसारहरु खासगरी तालहरुको अभिलेख राख्ने कार्यमा प्राविधिक सहयोग पुर्‍याएको थियो ।

उदाहरणका लागि जापानको किन्डाररेन प्रकृति संरक्षण कोषमा प्रस्तुत गई कार्यक्रम सञ्चालनका लागि स्वीकृतिसमेत प्राप्त भएको छ । यस पश्चात् यही कार्यक्रमलाई विश्व वन्यजन्तु कोष हरियो वन कार्यक्रम नेपाल, पोखरा महानगरपालिका पोखरा, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले स्वीकार गरी कार्यन्वयन भइरहेको छ

विश्व वन्यजन्तु कोष हरियो वन कार्यक्रमको अनुदान सहयोग तथा वन तथा वातावरण मन्त्रालयको पहलमा पोखरा उपत्यकाका ९ वटा तालहरुको एकीकृत तालवेशी व्यवस्थापनको अवधारणमा यी तालहरुको कार्ययोजना नेपालमा पहिलोपटक तयार पारेको छ ।

संरक्षण विकास फाउन्डेसन काठमाडौंको एकीकृत तालवेशी संरक्षण व्यवस्थापन कार्यक्रमको प्रस्तावलाई विभिन्न दातृनिकायहरुले स्वीकारेको छ ।

उदाहरणका लागि जापानको किन्डाररेन प्रकृति संरक्षण कोषमा प्रस्तुत गई कार्यक्रम सञ्चालनका लागि स्वीकृतिसमेत प्राप्त भएको छ । यस पश्चात् यही कार्यक्रमलाई विश्व वन्यजन्तु कोष हरियो वन कार्यक्रम नेपाल, पोखरा महानगरपालिका पोखरा, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले स्वीकार गरी कार्यन्वयन भइरहेको छ ।

यसैक्रममा गण्डकी प्रदेश पोखरा महानगरपालिका वडा नं २७ मा अवस्थित दिपाङ ताल तथा यस वरपरका क्षेत्रलाई समेटेर एकीकृत ताल वेशी व्यवस्थापन अवधारणमा आधारित भई तालको वातावरण जैविक विविधता संरक्षण, वातावरण, जीविकोपार्जन तथा सुशासन वहालीलाई लक्षित गरी पर्या–पर्यटनको गन्तव्य गर्ने उद्देश्यले संरक्षण विकास फाउन्डेसन काठमाडौंको संयोजनमा गत २०१९ अप्रिल महिनादेखि स्थानीय ताल क्षेत्रसित आवद्ध समुदायहरुको सक्रिय सहाभागितामा दिपाङ ताल संरक्षण तथा विकास परियोजना वहाली भएको छ ।

यसले विभिन्न उद्देश्यहरुमा आधारित भई संरक्षणका कार्यक्रमहरु प्रस्ताव गरेको छ ।

परियोजनाका उद्देश्य

१. दिपाङ तालको दिगोपनका लागि जलवायु उत्थनशीलता तथा रामसार क्षेत्रको व्यवस्थापन गर्ने नेपाल सरकार, पोखरा महानगरपालिका तथा स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी ताल सुशासनमा मूलप्रवाहमा ल्याउन सरकारबाट नियमित बजेटको व्यवस्था गर्न सक्ने क्षमता विकास गर्ने,

२. जलवायु परिवर्तनको दृष्टिकोणलाई मध्यनजर राख्दै मिचाह प्रजाति नियन्त्रण तथा ताल पुनःस्थापनाका लागि स्थानीय समुदायलाई ताल सहकारी मार्फत व्यवस्थापन गर्न सक्ने क्षमताको विकास गर्ने,

३. स्थानीय समुदायलाई जलवायु मैत्री हरित अर्थतन्त्रको विकास गर्न पर्यटन तथा प्राकृतिक स्रोतमा आधारित साना उद्यमहरुलाई सहकारी मार्फत सहयोग गर्ने र

४. सामाजिक आर्थिक, जैविक विविधता तथा जलवायु विज्ञानको विधिद्वारा कार्यक्रमहरुलाई स्तर उन्नत तथा अनुगमन गर्ने सिकाइ तथा अनुभवलाई सबैको बीच पु¥याउने ।

परियोजनाका अवधि तथा कार्यक्रमहरु

यो परियोजना कोडफन्ड काठमाडौंर पोखरा महानगरपालिका वडा २७ स्थिति दिपाङ ताल पूर्वाधार विकास तथा संरक्षण समितिसित संयुक्त रुपमा कार्यान्वयन गरिएको छ । यस परियोजनालाई प्रभावकारी कार्यान्वयनका पोखरा महानगरपालिकाको नेतृत्वमा १५ सदस्य परियोजना सञ्चालक समिति गठन भएको छ ।

यस सञ्चालक समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जिल्ला समन्वय समिति कास्की, सम्बन्धित वडाका प्रतिनिधि, दिपाङ ताल पूर्वाधार विकास तथा संरक्षण समिति, सरोकारवाला वन उपभोक्त समिति, महिला समूह, शिक्षक, सहकारी लगायतले प्रतिनिधित्व गर्दछ । परियोजना कार्यन्वयन तथा अनुगमनलाई यस समितिको प्रमुख कार्य भनी तोकिएको छ ।

यस परियोजनाले तालको जलीय तथा वरपरको वातावरणलाई कायम राख्न तालको पानीको गुणस्तरमापन, जलिय सजीवहरुको अभिलेख तयार गरिने, पारिस्थितिकीय प्रणालीको अध्ययन, जैविक विधिद्वारा भू–क्षय नियान्त्रण गरी तालमा वर्षा समयमा लेदो थुपारिने प्रक्रियालाई न्यूनीकरण, तालमा विद्यमान जालो हटाउने, ताल वरपरको वन क्षेत्रमा पाइने वनस्पति तथा जीवहरुको विवरण वा जैविक विविधताको अभिलेख तयार गरी कार्यक्रम सम्पन्न गर्ने क्रममा छ ।

ताल संरक्षणका साथै दिगो उपयोगका लागि प्राकृतिक स्रोतमा आधारित पर्यटन कार्ययोजना तथा उद्यम कार्ययोजना तयार गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।

सुशासनलाई दिगो विकासको एक महत्वपूर्ण अंग मानिएकाले ताल समिति तथा स्थानीय सरोकारवाला संख्याहरुको तालिम तथा अन्य विधिद्वारा क्षमता अभिवृद्धि गरिने छ । स्थानीय सरोकारवालाको सहभागितामा ताल स्रोतमा आधारित उद्यमीहरु तयार गरी उनीहरुका लागि सहकारी स्थापना गरिने छ । पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार तयार गरिएकोले पर्यटकको संख्या बढाउन सहयोग पुग्नेछ ।

आशा गरिएका उपलब्धिहरु

दिपाङ तालसित सम्बन्धित संस्थामा सुशासनको वहाली अझ मजबुदत हुनेछ । यस तालको वातावरण वा तालको स्वास्थ्य नियमित रुपमा अनुगमन गर्ने विधि तयार गरी स्थानीय समुदायद्वारा प्रभावकारी कार्यन्वयन गरिनेछ ।

यस क्षेत्रको जैविक विविधताको अभिलेख तयार हुनेछ । यिनै स्रोतहरुलाई अधिकतम उपयोग गर्न दिगो पर्यटन व्यवस्थापन हुनेछ ।

प्राकृतिक स्रोतमा आधारित न्यूनतम १० जना स्थानीय उद्यमीहरु सिर्जना भई उद्यम सञ्चालन गर्नेछ । यसरी दिपाङ ताल पोखरा उपत्यकामा एकीकृत तालवेशी व्यवस्थापनको नमुना परियोजना तयार भई अन्य तालहरुका लागि उपयोगी हुनेछ ।

यस कार्यले अन्य ताल समुदायहरुका लागि प्रेरणाको स्रोत बन्ने छ । उल्लेखित दाताहरुको संयोजन खासगरी स्थानीय सरकार, प्रदेश सरकार तथा विदेशी दातृनिकायहरुको संयुक्त अनुदान सहयोगमा सीमसार क्षेत्र संरक्षण यस परियोजना मात्र नभई आफैमा एक उदाहरणीय परियोजना हो भनी मान्न सकिन्छ ।

गुरुङ संरक्षण क्षेत्रका विज्ञ हुन्

तपाईको प्रतिक्रिया