स्याङ्जाको कालिगण्डकीमा पहिरो, १ जनाको मृत्यु
समाधान संवाददाता
२०७७ असोज ८ गते ७:४८
समाधान संवाददाता
वालिङ
स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा बिहीबार बिहानपख पहिरो जाँदा २ घर पुरिन्दा १ जनाको ज्यान गएको छ । कालिगण्डकी—४, गौतम टोलमा घर माथिबाट आएको पहिरोमा परी १६ वर्षीय विष्णुबहादुर दमैको मृत्यु भएको हो ।
लगातार वर्षासँगै बिहान ३ बजे आएको पहिरोले बाबुराम दमै र जगतबहादुर नेपाली को घर पुरिएको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
पहिरोको जोखिममा रहेको कारण उक्त घर संरक्षण गर्न उठाइएको पर्खाल नै भत्किएर घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष विष्णुप्रसााद पाण्डेले बताए ।
सोही वडामा गत असार ३० गते आएको पहिरोमा परी पूर्व गाविस अध्यक्षसहित ३ जनाको ज्यान गएको थियो भने १ जना बेपत्ता भएका थिए ।
यसैगरी वालिङ नगरपालिका १४ मा पनि पहिरोले घरहरु पुरिएको प्रहरीले जनाएको छ ।
फाइल फाेटाे
सम्बन्धित
तपाईको प्रतिक्रिया