रेडियो बाराहीका कर्मचारीको रिपोर्ट नेगेटिभ

समाधान संवाददाता
पोखरा
रेडियो बाराहीमा कार्यरत पत्रकार गोविन्द सुवेदीमा कोरोना पुष्टि हुनुअघि उनको सम्पर्कमा रहेका रेडियोकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
रेडियोमा कार्यरत ८ जनाको सोमबार स्वाब संकलन गरिएकोमा बुधबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
रेडियोका सहकर्मी गोविन्द सुवेदीमा भदौ ३१ मा कोरोना संक्रमण देखिएपछि रेडियो बाराहीले समाचार शाखा, प्राविधिक शाखामा कार्यरत कर्मचारीहरुलाई रेडियोमै क्वारेन्टाइन राखेर रेडियोका नियमित कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले भने, ‘समाचार शाखाका २ जना र प्राविधिक शाखाका २ जना अफिस क्वारेन्टिनमा र बाँकी सबै होम क्वारेन्टिनमा हुनुहुन्थ्यो । सबैको रिर्पोट नेगेटिभ आएको छ । सबै जनाको रिपोर्ट नेगेटिभ आएसँगै आजदेखि रेडियो पूर्ववत अवस्थामा सञ्चालन हुन्छ ।’
रेडियोमा कार्यरतमध्ये समाचार शाखा प्रमुख प्रदीप पौडेलसहित शशि पौडेल, रोशन अधिकारी, सुभाष आचार्य, रोशनी भण्डारी, कामना लामिछाने, मिलन विक र थमन ठकुरीको रिपोर्ट नेगेटिभ आएको हो ।
पत्रकार गोविन्द सुवेदीकी पत्नी र २ छोराको रिपोर्ट पनि नेगेटिभ आएको छ ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया