स्याङ्जा पहिरो हराएका ६ जनाको शव भेटियो, ४ काे खोजी जारी

पोखरा
स्याङ्जाको पहिरोमा परी हराइरहेका ९ मध्ये ५ जनाको शव भेटिएको छ । बिहीबार बिहान ६ बजेतिर वालिङ नगरपालिका १४ तमादीमा पहिरो जाँदा माया नेपालीको घर पुरिएको थियो ।
पहिरोमा परी हराइरहेकामध्ये २७ वर्षे उमाकला नेपाली, ४८ वर्षे माया नेपाली, ३० वर्षे दीपक नेपाली, ६० वर्षे सानी नेपाली र ९ वर्षे विवश नेपालीको शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बाँकी ४ जनाको खोजी भइरहेको छ ।
घाइते अवस्थामा भेटिएकी १६ वर्षकी मनिषा नेपालीको अवस्था गम्भीर रहेकाले उपचारका लागि पोखरा ल्याइएको छ । उक्त घरमा १० जना सुतेका थिए ।
वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमाण्ड साथै सशस्त्र प्रहरी बल समेतको टोली खटिएर तत्काल खोजतलास थालेको थियो ।
यसैगरी जिल्लाकै कालीगण्डकीमा पहिरोले घर पुर्दा १६ वषे विष्णुबहादुर परियार (दमै)को मृत्यु भएको प्रहरीले जनाएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया