प्रहरी बिटलाई साइकल

समाधान संवाददाता २०७७ असोज ८ गते ११:३९

समाधान संवाददाता, स्याङ्जा

वालिङ ८ का १ समाजसेवीले वालिङ मोडमा रहेको प्रहरी बिटलाई एक थान साइकल हस्तान्तरण गरेका छन् ।

समाजसेवी सीताराम अधिकारीले प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न सहज होस भन्दै साइकल हस्तान्तरण गरेका हुन् । समाजसेवी अधिकारीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिप्रसाद पौडेल मार्फत् वालिङ मोड प्रहरी बिटका हबलदार मधु केसीलाई साइकल हस्तान्तरण गरेका हुन् ।

Advertisement

समाजसेवी अधिकारीसहित परिवारले प्रहरीलाई साइकल हस्तान्तरण गरेर सहयोग गरेको प्रति वडा प्रहरी कार्यालय आभारी रहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया