लायन्स फिस्टेल सिटीको कार्यक्रममा ७३ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ असोज ८ गते १२:०२

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले बुधबार पोखरामा गरेको कार्यक्रममा ७३ युनिट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्रसँगको सहकार्यक्रमा पृथ्वीचोकमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का गभर्नर मनबहादुर रोकाले सेवामा समर्पित लायन्सले गर्दै आएका कामले नै यसलाई समाजमा स्थापित बनाएको बताए ।

Advertisement

मुलुकभित्र र बाहिर हुने हरेक खालका विपदमा लायन्सहरुको सहभागिता रहने गरेको भन्दै उनले यो वर्षको बाढी पहिरोमा परि पीडित भएकाहरुलाई लायन्सले सक्दो सहयोग गरेको भनाइ राखे ।

ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले संघीयता कार्यान्वयन भइरहेका बेला अब रगत निशुल्क रुपमा प्रदान गर्नका लागि स्थानीय सरकारहरुले सक्रिया हुनुपर्ने बताए ।

Advertisement

रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले निषेधाज्ञाका बेला पोखरामा रगत चरम अभाव हुँदा लायन्स क्लबहरुले नै अभियान चलाएको स्मरण गरे ।

क्लब अध्यक्ष श्यामबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लस्टर प्रमुख शारदा शर्मा, क्लब संस्थापक अध्यक्ष एवं डेपुटी चिफ एडभाइजर धनीराम बराल, एसिस्टेन्स चिफ एडभाइजर निर्मलराज बराल, डिपार्टमेन्ट चिफ उमानाथ बराल, डेपुटी डिपार्टमेन्ट चिफ प्रेमबहादुर जिसी लगायत सहभागी थिए ।

कार्यक्रम संयोजक एवं जोन चियरपर्सन तारा गिरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा एओजी कविराज आचार्य, उपाध्यक्ष ओम गौचन, कोषाध्यक्ष शान्ति पौडेल लगायतले सक्रिय सहभागिता जनाएको सचिव केदार श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया