वालिङमा वडा विभाजनको माग

समाधान संवाददाता, स्याङ्जा
वालिङ नगरपालिका १४ का स्थानीयले वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन गरी बुझाएका छन् ।
अन्य वडाको तुलनामा वडा नम्बर १४ भौगोलिकरुपमा ठूलो र विकट भएको लगायतका कारणहरुले छुट्टै वडा कायम गर्न माग गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणलाई प्रभावित क्षेत्रका १ हजार ६ जनाको हस्ताक्षर तथा भेलाले गरेका निर्णय बुझाएका हुुन् ।
साविक वालिङ नपा १०, थुमपोखरा गाविसका ५ वटा वडा, कालिकाकोट गाविसका ३ वटा वडाहरुलाई गाभेर १४ नम्बर वडा कायम गरिएको र वडा भौगोलिकरुपले ज्यादै ठूलो भएकाले विकास निर्माणको कामलगायत सरकारी सेवा सुविधामा सरोकारवाला जनताको पहुँच पुग्न कठिनाई भएकाले वडा विभाजन गरी छुट्टै वडा कायम गर्न माग गरिएको वडा विभाजन संयोजन समितिका संयोजक कोपिल खाँणले बताए ।
साविक वालिङ १०, थुमपोखरा ९ र कालिकाकोट २ को भौगोलिक क्षेत्रलाई समावेश गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ को दफा ५ र ६ को परिधिमा रही हालको वडालाई विभाजन गरी छुट्टै वडा कायम गर्न माग गरेको खाणँले बतााए ।
वडाको केन्द्र अपायक स्थानमा रहेको, विकास निर्माणका काममा सम्बन्धित निकायबाट प्राप्त हुने स्रोत भौगोलिक क्षेत्रको आधारमा न्यून तथा अपुग हुन गएको, विकास निर्माणको काममा स्रोत वतरणको समानरुपमा हुन कठिनाई भएको, सरकारी सेवा सुविधाका लागि जनसंख्याको चाप बढी भएको उल्लेख गरिएको छ ।
प्रस्तावित क्षेत्रका जनता भाषिक, सामाजिक तथा सांस्कृतिकरुपमा समानता, वडाको सबै भौगोलिक क्षेत्रमा राजनीतिक नेतृत्वको पहुँच समान र आवश्यकरुपमा पुग्न कठिनाई भएको र वडाको सबै क्षेत्रका जनताको दैनिकी सञ्चालनका लागि अत्यन्तै आधारभूत सेवा सुविधाहरुसमेत पुग्न कठिनाई भएको महसुस गरी सरकोरवाला जनताको संकलित हस्ताक्षर, भेलाले गरेका निर्णयहरु, प्रस्तावित भौगोलिक क्षेत्रको नक्सासहित नगर प्रमुख समक्ष निवेदन पेश गरिएको संयोजन समिति संयोजक खाँणले बताए ।
अन्य वडाको तुलनामा भौगोलिक दृष्टिले ठूलो र अपायक भएकाले वडाबासीले राख्नुभएको माग जायज भएको वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले बताए ।
सम्बन्धित क्षेत्रका स्थानीयहरुले विभिन्न कारणहरु सहित नगरपालिकामा वडा विभाजनको माग गरेकाले नगरपालिकाले अबको प्रक्रिया थाल्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
नगरले पारित गरेको निर्णयलाई गण्डकी प्रदेश सभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने नगर प्रमुख खाँणले बताए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया