विपन्न परिवारलाई स्वास्थ्य सामाग्री

समाधान संवाददाता २०७७ असोज ८ गते १२:२८

समाधान संवाददाता, पोखरा

असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा) ले ४१ औं सामाजिक सेवा दिवसको अवसरमा गरिब तथा विपन्न परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ७ प्रगतीनगर टोलका २सय विपन्न घरपरिवारलाई२हजार थान माक्स, ८सय वटा हातधुने साबुन सामग्री वितरण गरिएको संस्थाका महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए ।

Advertisement

कोभिड १९को रोकथाम तथा नियन्त्रणको लागि संस्थाले समुदाय स्तरमा सचेतना जगाउने जगाउनुका साथै स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्दै आएको छ ।

कार्यक्रममा प्रगति टोल विकास संस्थाका अध्यक्ष ईश्वरकुमार सापकोटाले कोभिड १९को बढ्दो संक्रमणको अवस्थामा संस्थाले समुदायमा आएर सहयोग गरेकामा आभार प्रकट गरे ।

Advertisement

सस्थाका कर्मचारीहरुसुपरभाइजर कमल पुन, सहजकर्ताहरु रवीन्द्र खनाल, पूनम गुरुङ र लक्ष्मी सुवेदीस्वास्थ्यकर्मी सुनीता लामिछानेले स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।

सो दिवसका अवसरमासस्थाका महासचिव रामप्रसाद सुवेदीले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कुस्मा नगरपालिका वडा नम्बर ९का असाहय भिमबहादुर सुनारलाई नगद १० हजार सहयोग गरे ।

उनको हात ३ ठाउँमा भाचिएको छ ।संस्थाले सन् २००२ देखि सुकुम्बासी बस्तीमा बाल विकास केन्द्र मार्फत समुदायका बालवालिकाहरुलाई स्वास्थ्य, शिक्षा र पोषणको कार्यक्रम सञ्चालन गरेको छ ।



तपाईको प्रतिक्रिया