फेदीखोलाको विधेयकबारे अन्तक्र्रिया

समाधान संवाददाता २०७७ असोज ८ गते १२:३४

समाधान संवाददाता, पोखरा

सयपत्री समाज कास्कीले स्याङ्जाको फेदीखोला गाउँपालिकाको प्रस्तावित सहकारी नियमावली र वन ऐनका मस्यौदा उपर सरोकारवालाबीच अन्तक्र्रिया गरेको छ ।

संस्थाका सचिव गिरधारी सुवेदीले विधेयक मस्यौदा प्रस्तुत गर्दै सहकारी नियमावली गाउँपालिका सहकारी ऐनमा आधारीत रही तयार गरिएको बताए ।

Advertisement

गाउँपालिमा विभिन्न उद्देश्य अनुरुप सञ्चालित सहकारीहरुको उपयुक्त नियमन, व्यवस्थापन, अनुगमन एवं यथोचित अनुदान मार्फत प्रभावकारी सञ्चालन हुने उल्लेख गर्दै उनले अन्य पालिकाहरुको तुलनामा फेदीखोलाले कानून निर्माण तथा कार्यान्वयनमा तिब्रता दिएको दावी गरे ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कानुन निर्माण जटिल प्रक्रिया भएतापनि गाउँपालिकाले सरोकारवालाहरुको सहकार्यमा निर्माण गरेको बताए ।

Advertisement

गाउँपालिकाका वडा नम्बर ४का अध्यक्ष माधवप्रसाद सुवेदीले वन व्यवस्थापनका लागि कम गुणस्तरका बोट बिरुवाहरु हटाएर उत्पादनमुखी विरुवाहरु रोप्न कठिन रहेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गीता शर्माले उपभोक्ताहरुको चाहना बमोजिमको सरल कानुन बनाउनु पर्नेमा संघीय र प्रदेशका कतिपय कानुनले स्थानीय तहको मर्म बुझ्न नसकेको उल्लेख गरिन् ।

सयपत्री समाजका सल्लाहकार प्राडा उमानाथ बरालले गाउँपालिकाको सहकारी नियमावलीले सहकारी व्यवस्थापन र अनुगमन सम्वन्धी सबै विषयवस्तुहरु समेटेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा, प्रमुख,प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, वडा अध्यक्षहरु खिमबहादुर क्षेत्री, मिहालयजंग बांनिया, कृष्णबहादुर रानाभाट, देउकुमारी गुरुङ, चित्रबहादुर कार्की, शान्ति पराजुली लगाएतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया