जोमसोममा ११८ बेडको होटल क्वारेन्टिन

एसके थकाली
जोमसोम
मुस्ताङको घरपझोङ गाउँपालिकाको पहलमा जिल्लाका ४ स्थानीय तहले १ सय १८ बेड क्षमताको होटल क्वारेन्टिन तथा आइसोलेसन कक्ष स्थापना गरेका छन् । गत भदौ २३ गतेको घरपझोङ गाउँ कार्यपालिकाको निर्णय बमोजिम भदौ २५ गते ४ गाउपालिकाहरुको स्थानीय सिसिएमसीको संयुक्त बैठकले उक्त प्रस्ताव गरेसँगै सदरमुकाम जोमसोमको होटल प्राइडलाई क्वारेन्टिन तथा प्रिआइसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरेको थियो ।
जिल्ला बाहिरबाट मुस्ताङ प्रवेश गर्ने तथा जिल्लामा संक्रमित भएकाकाको कन्ट्र्याक ट्रेसिङमा पर्ने व्यक्तिलाई उचित व्यवस्थापन गर्न लोेमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउपालिकाले संयुक्त क्वारेन्टिन तथा प्रि—आइसोलेसन स्थापना गर्न सहमत भएका हुन् ।
यसअघि स्थानीय सिसिएमसीको संयुक्त बैठकले जोमसोमका होटल व्यवसायीहरुलाई क्वारेन्टिन तथा प्रि—आइसोलेसन व्यवस्थापन गर्न लिजमा दिने प्रावधानको सूचना प्रकाशित गरी जानकारी गराएको थियो । जसअनुसार क्वोरन्टिन तथा प्रि—आइसोलेसनका लागि लिजमा दिन होटल प्राइड जोमसोमले मात्र आवेदन हालेको थियो ।
क्वारेन्टिनका लागि होटल सञ्चालक र स्थानीय सिसिएमसीबीच मासिक ३ लाख ६० हजार भाडा तिर्ने सम्झौता भएको घरपझोङका निमित्त प्रशासकीय अधिकृत हिमलाल शर्माले जानकारी दिए । उनका अनुसार सम्झौता गरिएको ४ तले होटलमा ३ बेड क्षमताको ३४ वटा एटेच बाथ र ४ बेड क्षमताको ४ वटा कोठा छन् । क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने व्यक्तिको सुविधाका लागि इन्टरनेटको सुविधा समेत उपलब्ध छ ।
मुस्ताङका ४ स्थानीयतहका सिसिएमसी बैठकले होटल क्वारेन्टिन तथा प्रि—आइसोलेनमा बस्ने व्यक्तिले कोठा भाडाबाहेक खाना / खाजा खर्च सम्वन्धित व्यक्तिले व्यहोर्नु पर्ने र यदि त्यहाँ बस्ने व्यक्तिको आर्थिक अवस्था कमजोर भएमा ४ वटै पालिकाले बेहोर्ने छन् ।
म्याग्दी हुँदै मुस्ताङ प्रवेश गर्ने सबैभन्दा पायक पर्ने स्थान जोमसोम भएकाले सम्वन्धित पालिकामा आउने व्यक्तिको व्यवस्थापनमा समान खर्च व्यवहोर्न राजी भएका हुन् । मुस्ताङ जिल्ला कोरोनामुक्त जिल्ला भएको, सडक सञ्जाल सहज हुँदै गएको, चाडपर्व नजिकिँदै गरेको, स्याउ तथा आलु खरिद्ने व्यापारी आउने क्रम बढेको र शैक्षिक संस्था खुलेसँगै शिक्षक कार्यक्षेत्र फर्किन थालेकाले आएका व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न होटल क्वारेन्टिनको व्यवस्था गरिएको घरपझोङका स्वास्थ्य संयोजक कर्ण थकालीले जानकारी दिए । उनका अनुसार पालिकाले भदौ अन्तिमदेखि असोज अन्तिमसम्म १ महिनाको लागि होटल लिजमा लिएको हो । तर, क्वारेन्टिनको आवश्यकता र औचित्य देखिएमा उक्त क्वारेन्टिन तथा आइसोलेसनको अवधि थप्न गर्न सकिने जनाइएको छ ।
त्यस्तै, होटल क्वारेन्टिनमा बस्ने व्यक्ति तथा होटल सञ्चालकका कर्मचारीहरुका लागि पालिकाहरुले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको संयोजक थकालीले उल्लेख गरे । त्यस्तै, क्वारेन्टिनमा बस्ने व्यक्तिका लागि होटलका कर्मचारीले आवश्यक सुरक्षा मापदण्ड तथा होसियारी अपनाएर खाजा÷खाना डेलिभरी गर्नुपर्ने सम्झौता प्रावधानमा तोकिएको स्वास्थ्य संयोजक थकालीको भनाई छ ।
मुस्ताङको थासाङ गाउपालिकाले थासाङ—३ मा अवस्थित लेते प्रहरी चौकी नजिकै रहेको प्रयोगविहीन सरकारी कार्यालय भवनमा विशेष कोरोना लक्षित क्वारेन्टिन तथा प्रिआइसोलेसन स्थापना गरेको प्रमुख प्रशाकीय अधिकृत सन्तोष केसीले जानकारी दिए । थासाङले १० बेड क्षमताको विशेष क्वारेन्टिन तथा प्रिआइसोलेसन कक्ष निर्माण गरेको हो ।




जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया