जनप्रतिनिधि पनि ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल

समाधान संवाददाता २०७७ असोज ८ गते १८:४९

समाधान संवाददाता

वडा अध्यक्ष सहित कर्मचारीको पिसिआर रिपोर्ट नआउँदासम्मका लागि पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ ।

Advertisement

गत असोज १ गते सोही वडाकी एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४ मध्ये कोभिड १९ बाट २ जना पोजेटिभ देखिएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका जनप्रतिनिधी र कर्मचारीहरु समेत परेकाले उनीहरुको आज पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको र रिपोर्ट नआउन्जेल सम्मको लागि वडा कार्यालय पूर्णरुपमा सिल गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

वडाले नै एक विज्ञप्ती जारी गरी वडामा पहिलो संक्रमित संगको कन्ट्रयाक ट्रेसिङमा परेका थप दुइ जनामा कोरोना पुष्टि भएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका अध्यक्ष सहित जनप्रतिनिधी र कर्मचारी हरु गरि २९ जनाको स्वाव संकलन भइसकेको र उनीहरुको पिसआिर रिपोर्ट नआउदा सम्म वडा पूर्ण रुपमा बन्द रहने र वडाबाट हुने कुनैपनि कामकाज समेत नहुने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया