अफगानिस्तानमा १३ आतंकवादी मारिए

रासस÷एएनआई
अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् ।
देशको पूर्वी लोगार प्रान्त अन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता शाह्पोर अहमाडजैले बिहीबार दिएको जानकारीअनुसार झण्डै दुई हप्ता अगाडि तालिबान लडाकूहरुले आक्रमण गरेकाले सरकारी पक्षले अहिले सुरक्षा कारबाही चलाएको थियो ।
सुरक्षा कारबाही चलाउनका लागि सैनिक र प्रहरीको टोली बुधबार परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यही सुरक्षा कारबाहीका क्रममा १३ जनाको मृत्यु भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
अफ्गानी सुरक्षा अधिकारीहरुले सुरक्षा कारबाहीका क्रममा आफ्नो तर्फ भने कुनै क्षति नभएको दाबी गरेका छन् । त्यस क्षेत्रमा सुरक्षा कारबाही अझै पनि जारी रहेको पनि उनीहरुले जनाएका छन् । घटनाका बारेमा तालिबान विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको समाचारमा जनाइएको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया