राहुलकाे शतकमा पन्जावकाे शानदार जित

समाधान संवाददाता २०७७ असोज ९ गते ६:३८

एजेन्सी

भारतीय कप्तान विराट काेहाेलीकाे टिम यति निरीह शायद आइपिएलकाे इतिहासमा कहिले देखिएकाे थिएन ।

दुबईमा खेलिएको आइपीएलको छैठौँ खेलमा किंग्स इलेभन पञ्जाबबाट रोयल च्यालेन्जर्स बैंगलोर ९७ रनले पराजितभ भएकाे दृश्य हेर्न विवश भए ।

Advertisement

बईमा खेलिएको आइपीएलको छैठौँ खेलमा किंग्स इलेभन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ।

बईमा खेलिएको आइपीएलको छैठौँ खेलमा किंग्स इलेभन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ।

Advertisement

किंग्स इलेभन पञ्जाबले जितका लागि २०७ रनको चुनौती दिएको थियो, तर रोयल च्यालेन्जर्स बैंगलोरको टिमले १७ ओभरमा मात्रै १०९ रन बनाएर अलआउट भयो।

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले ३० एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन तथा शिवम दुवेले १२ रन बनाए।

पञ्जाबका रवि बिश्नोई र मुरुगान आश्विनले ३/३ तथा सेलड्रोन कोट्रेलले दुई विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय पारी खेलेका थिए। ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरेका उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन्।

तपाईको प्रतिक्रिया