वालिङको तमादीमा फेरि पहिरो

समाधान संवाददाता २०७७ असोज ९ गते ९:२६

समाधान संवाददाता, पोखरा

स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा फेरि पहिरो खसेको छ । बिहीबार पहिरो खसेको ठाउँमा फेरि आज बिहान पहिरो खसेको हो ।

त्यहाँ हिजोकोभन्दा ठूलो पहिरो खसेको स्थानीय राजु खनालले जानकारी दिए । पहिरोले २ वटा घर पुरिए पनि मानवीय क्षति नभएको वडाध्यक्ष झम्मर श्रेष्ठले समाधानलाई बताए ।

Advertisement

बिहीबार पहिरोले क्षति पुर्याएकोभन्दा तलका २ घरमा आज क्षति पुगेको हो ।

‘माथिको डाँडा नै खसेको छ । हिजोको भन्दा ठूलो पहिरो हो । पुरिएको घरको धुरीमात्रै देखिएको छ,’ उनले भने ।

Advertisement

त्यहाँको २ परिवारलाई अन्यत्र सारिएकाले मानवीय क्षति हुनबाट जोगिएको हो । पशुचौपाया भने पहिरोमा पुरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

बिहीबार सोही ठाउँमा पहिरो खस्दा ९ जनाको ज्यान गएको थियो । घाइते १ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया