आइसोलेसनबाट भागेका संक्रमित कैदी पक्राउ

समाधान संवाददाता २०७७ असोज ९ गते ११:०५

समाधान संवाददाता, पोखरा ।

अर्जुन चौपारी गाँउपालिका रापाकोटका एक पुरुष पशुपंछी कसुर अन्तर्गत १२ दिन अगाडि कारागार लगिए । कारागार लगिएपछि उनको स्वाब लिइयो । स्वाब परिक्षण्का लागि दिएपछि उनमा कोरोना संक्रमण पुष्टि भयो ।

कारागारमै उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भिरकोट नगरपालिका स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा लगियो ।

Advertisement

आइसोलेसनमा राखिएका उनी ७ गते राति ३ बजे ‘शौचालय जान्छु’ भन्दै बाहिर निस्किए । शौचलय जाने बहानामा निस्किएका उनी त्यहीँबाट फरार भए ।

उनी फरार भएको खबर प्रहरीकोमा पुग्यो । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको टोलीले उनलाई फरार भएको १ दिन पछि फेला पारेको छ ।

Advertisement

उनलाई स्याङ्जा पुतलीबजार नगरपालिका लामागेबाट नियन्त्रणमा लिइएको स्याङ्जा प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । ‘७ गते राती ३ बजे शौचालय जान्छु भन्दै भागेको रहेछ, आज हामीले नियन्त्रणमा लिएका छौँ,’ अधिकारीले समाधानसँग बताए ।

उनले कोरोना परिक्षणका लागि दोस्रो पटक दिएको स्वाबको नतिजा नेगेटिभ आएको छ ।

आइसोलेसनमा हुँदै दिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले जनाएका छन् । ‘उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बाँकी सोधपुछ चलिरहेको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया