अधिकारीको साधनाबारे किताब छापिने

समाधान संवाददाता, पोखरा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको साधनाको स्वर्णवर्ष लिपिबद्ध गरिने भएको छ ।
अनेसास केन्द्रीय कार्य समितिले अधिकारीले साधना थालेको ५० वर्ष पुगेको सन्दर्भ पारेर उनीबारे भए गरेका अनुसन्धान र लेखिएका आलेखको एकीकृत कृति प्रकाशन गर्न लागेको हो ।
२००३ कात्तिक ३० गतेलमजुङ चन्द्रेश्वर–७, दुराडाँडामा जन्मेका अधिकारी २०२६ सालदेखि निरन्तर साधनामा क्रियाशील छन् ।
दर्जनको संख्या काव्यकृति प्रकाशन गरेका अधिकारीका जूनकीरी (कविता–२०५३) ऐना (कविता–२०५७), तीन लय ः तेह्र गीत (२०६०) झटारो (मुक्तक–२०७०) यो कसको हात हो ? (कविता–२०७०) झटारो (अंग्रेजी मुक्तक–२०७२) बिरिमफूल (मुक्तक–२०७३), लमजुङको सम्झना (भीसीडी), माया (आधुनिक गीतिएल्बम–२०७४) र जूनका टुक्राहरु(अंग्रेजी–नेपाली मुक्तक–२०७७) प्रकाशन भइसकेका छन् ।
गोर्खा दक्षिणबाहुलगायत दर्जन बढी सम्मान पुरस्कार प्राप्त अधिकारी नेपाली मुक्तकलाई अङग्रेजीमा प्रकाशन गर्ने प्रथम प्रयोक्ता हुन् ।
नेपाली मुक्तकको उज्यालोलाई विश्वमा पु¥याएको योगदानको कदर गर्दै अनेसासले उनलाई मुक्तकमणि उपाधिसमेत प्रदान गरेको छ ।
यही साधनाको सम्मान स्वरुप अनेसास केन्द्रीय समितिले ‘साधनाको स्वर्ण वर्ष ः मुक्तकमणि तीर्थराज अधिकारी’ ग्रन्थ प्रकाशन गर्न लागेको हो ।
समितिले उक्त ग्रन्थ सम्पादनका लागि अनेसास गण्डकी समितिका महासचिव असफल गौतम र सदस्य कल्याण पन्तलाई सम्पादक मनोयन गरेको छ ।
समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै सम्पन्न बैठकले सम्पादकद्वयलाई मनोनयन गरेको हो ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया