२४ घन्टामा थप १३१३ जनामा कोरोना, १४५५ जना निको

समाधान संवाददाता
नेपालमा थप १३ सय १३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ सय ५५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ।
त्यस्तै यस दिन मृतक थप ६ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४५९ जनामा कोरोना देखिएको छ। यस दिन १२ हजार २६२ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
योसँगै नेपालमा ५१ हजार ८ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन्। शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया