पोखरोको भाटभटेनी सुपरमार्केटका कर्मचारीलाई कोरोना

समाधान संवाददाता २०७७ असोज ९ गते १७:०५

समाधान संवाददाता, पोखरा

पोखरा न्यूरोडस्थित भाटभटेनी सुपरमार्केटका कर्मचारीमा कोरोना पुष्टि भएको छ । उपभोक्ताको अत्यन्त भीड हुने उक्त स्टोर्समा कार्यरत २४ वर्षे पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो ।

उनको स्वाब गण्डकी मेडिकल कलेजबाट प्रदेश क्षयरोग उपचार केन्द्रमा पठाइएको थियो । ती पुरुषसहित कास्कीमा आज १७ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया