काउन्सिलका कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाण्डाैं, रासस ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त हुनुभएको छ ।
आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो ।
साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।
निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आजै बोर्डसमक्ष दिनुभएको राजीनामा स्वीकृत गरिएको हो ।
तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।
कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यमा भने असोज १२ गतेसम्म रहनुहुनेछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया