ललितपुरका मेयरमा कोरोना संक्रमण

समाधान संवाददाता २०७७ असोज ९ गते १८:२०

समाधान संवाददाता

Advertisement

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि महर्जनले स्वाब परीक्षण गराएका थिए । मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो। मेयर महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखिएको थियो ।

पछिल्लो समय राहत वितरण लगायतका काममा हिँडेका महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा छन् ।

यसअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना भएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया