तनहुँमा वृद्धाको हत्या, हात बाँधेको अवस्थामा भेटियो शव

समाधान संवाददाता २०७७ असोज ९ गते १९:५९

समाधान संवाददाता
पोखरा ९ असोज

Advertisement

तनहुँमा १ वृद्धाको हत्या भएको छ । शुक्लागण्डकी नगरपालिका–७ की ६१ वर्षीया तेजकुमारी ढकालको आफ्नै घरमा हत्या भएको हो । शुक्रबार बिहान ७ बजे घरमा मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाका अनुसार ढकालको हात डोरीले बाँधिएको थियो । ‘छातीमा आँसीले प्रहार गरेको डाम देखिएको छ । हत्या आशंकामा घर नजिकैको भैसी फार्मका १ जना कामदारलाई नियन्त्रणमा लिएका छौं,’ डिएसपी तिमिल्सिनाले भने ।

गोरखाको भीमसेन गाउँपालिकाका ४५ वर्षे शिव गौतमलाई नियन्त्रणमा लिइएको उनले बताए । गौतमको गतिविधि शंकास्पद देखिएपछि उनलाई दमौलीबाट आजै पक्राउ गरिएको हो । ‘फार्मबाट घर जाने भन्दै काम छाडेर जिल्ला हिँडेका रहेछन् । दिउँसो ३ बजे दमौलीबाट पक्राउ गरेका हौं । उनीसँग सोधपुछ भइरहेको छ,’ डिएसपी तिमिल्सिनाले भने ।

Advertisement

तपाईको प्रतिक्रिया