बाघमारा सहकारीको साधारणसभामा सम्मान

समाधान संवाददाता २०७७ असोज १० गते ८:२६

समाधान संवाददाता

बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभाका अवसरमा राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मा सहित विभिन्न व्यक्तित्व सम्मानित भएका छन् ।

पत्रकार शर्मालाई बाघमारा सहकारी सञ्चारकर्मी सम्मानबाट पुरस्कृत गरियो भने सहकारीको उत्कृष्ट कर्मचारीतर्फ प्रवेश नेपाली, उत्कृष्ट दैनिक बचत कर्ताबाट भोटेपोखरी ट्रेडर्स(संस्थागत तर्फ) सुधनराज अधिकारी (व्यक्तिगत तर्फ) सम्मानित भए ।

Advertisement

त्यस्तै उत्कृष्ट आर्थिक कारोबार तर्फ युवराज शर्मा र विष्णुबहादुर कार्की, असल कर्जा कारोबार तर्फगोविन्द चापागाईं र विष्णुदेवी पौडेल, संस्थागत मुद्धती निक्षेपकर्ता तर्फ शिशुकल्याण मावि, संस्थागत ऐच्छिक बचतकर्ताबाट भरतपोखरी साना किसान कृषि सकारी संस्था लिमिटेड सम्मानित भएका छन् ।

सहकारीले ज्येष्ठ सेयर सदस्यतर्फ कुन्तीदेवी बराल र धर्मराज अधिकारी, उत्कृष्ट खुत्रुके बाल बचतकर्ताबाट वासना गुरुङ र अनिष गौतम, असल अनुगमनकर्ता एवम् सुझावकर्ताबाट ऋषिराम काफ्लेलाई सम्मान गरेको छ ।

Advertisement

साधारणसभाका अवसरमा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्य र सहकारीका अध्यक्ष एवं कोपरेटिभ प्रेसिडेन्ड सोसाइटी(कोप्स)का अध्यक्ष डिल्लीराम बरालले उनीहरूलाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारी उत्पादनमा जोडिनुपर्ने आवश्यकता औंल्याए ।

सहकारीलाई थप व्यवस्थित बनाउँदै जाने तर्फ महानगरपालिका लागेको बताउँदै उनले सहकारीका मूल्य मान्यतालाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले समाजलाई आर्थिक समृद्धि तर्फ डो¥याउनका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै वातावरणको संरक्षण सहित उत्पादन तर्फ लक्षित हुन आग्रह गरे ।

सम्मानित व्यक्तित्व जमुना वर्षा शर्माले सम्मानले काम प्रति अभिप्रेरित हुन थप उर्जा मिलेको धारणा व्यक्त गरिन् ।

सहकारीका अध्यक्ष डिल्लीराम बरालले संस्थाले छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै सदस्यहरूकै आर्थिक विकासको लागि सहकारीको मूल्य मान्यतामा आधारित रही उद्यमलितामा जोड दिइएको बताए ।

सहकारीले कृषि, पशशुपालन, शिक्षा, आयमूलक एवम् उत्पादनमूलक कामलाई प्राथमिकता दिदै आएको उनले बताए ।

कोरोना भाइरसको महामारीका कारण साधारणसभालाई ७ दिने कार्यक्रम बनाइएको उनले जानकारी दिए । कार्यक्रमको सञ्चालन सहकारीका सचिव नन्दलाल काफ्लेले गरेका थिए ।

तपाईको प्रतिक्रिया