कञ्चनको स्थापना दिवसमा स्वास्थ्य सचेतना

समाधान संवाददाता, पोखरा
कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ५ले ३ दिनसम्म विविध कार्यक्रम गरी १२औं स्थापना दिवस मनाएको छ ।
सहकारीले असोज ५ देखि ७ गतेसम्मकोभिड १९बाट जोगिन समुदाय स्तरमा स्वास्थ्य सचेतना र स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।
सहकारीले सहरी स्वास्थ्य केन्द्र पोखरा ५ मा खोप लगाउन आउने बच्चाका आमाहरुलाई स्वास्थ्य सामग्री माक्स,साबुन वितरण गरेको छ ।
सहकारीले पोखरा महानगरपालिका वडा नम्बर ५ जिरोकिमीदेखि पस्र्याङ समता स्कुलतर्फ जाने चोकसम्म संस्थाको सचेतना सम्बन्धी ब्यानरसहित मूल सडकमा माक्स नलगाई हिँडडुल गर्नेहरुलाई माक्स वितरण गरेको थियो ।
सहकारीले कोभिड सम्बन्धी सन्देशमूलक होडिङ बोर्डहरु ठाउँठाउँमा राखेको छ ।
अध्यक्ष बरालले पोखरा महानगरपालिका वडा नम्बर ५ रिठ्ठेगौंडा टोलमा ३८ घर परिवारलाई स्वास्थ्य सामग्री माक्स, साबुन वितरण गरेको बताए ।
सहकारीले तीठाउँमा कोभिड सम्बन्धी सन्देशमूलक होडिङबोर्डसमेत राखेको छ । सहकारीले आफ्नो कार्य क्षेत्रमा सरसफाइ गरेको छ । सहकारीले कारोबारको समीक्षाका साथै दीपावलीसमेत गरेको छ ।
सहकारीका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ वडा अध्यक्ष तथा महानगर प्रवक्ता धनबहादुर नेपाली, सहरी स्वास्थ्य केन्द्र पोखरा ५का प्रमुख आशीष सुवेदी, रिठ्ठेगौंडा टोल विकास संस्थाका अध्यक्ष कमला रेग्मी, सहकारीका सचिव वसन्तराज कोइराला लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया