१ वर्षमा भिसी पाउँदै पोखरा विश्वविद्यालय

समाधान संवाददाता,पोखरा
रिक्त भएको १ वर्षमा पोखरा विश्वविद्यालयले उपकुलपति (भिसी) पाउने देखिएको छ । सरकारले पोखरासहितका ३ विश्वविद्यालयमा भिसी नियुक्तिका लागि सहमति जुटाएको प्रधानमन्त्रीनिवास बालुवाटर स्रोतले जनाएको छ ।
झन्डै दुईतिहाईको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारले विश्वविद्यालयमा भिसी लगायत पदाधिकारीका लागि प्रतिपक्ष कांग्रेससँग पनि भागबन्डा मिलाएको छ । २ विश्वविद्यालयमा आफूनिकट र एउटामा कांग्रेसनिकट भिसी नियुक्तिको सहमति सरकारले जुटाएको हो ।
पोखरा विश्वविद्यालयमा कांग्रेसनिकटलाई भिसी नियुक्त गर्न सरकारले शेरबहादुर देउवासँग नाम मागेर लिइसकेको छ । कांग्रेस सभापति देउवाले प्राडा प्रेमनारायण अर्यालको नाम सरकारलाई दिएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय दाङमा प्राध्यापक डा यादवप्रकाश लामिछाने र कृषि र वन विश्वविद्यालय चितवनमा डा पुण्य रेग्मी उपकुलपति नियुक्त गर्ने तयारी सरकारले गरेको बालुवाटार स्रोत बताउँछ । लामिछाने र रेग्मी दुवै सत्तारुढ दल निकट हुन् । बालुवाटार स्रोत भन्छ, ‘सहमति जुटिसकेको छ, आइतबारसम्म निर्णय सार्वजनिक होला ।’
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा चिरञ्जीवी शर्माको पदावधि पोहोर असोज पहिलो सातादेखि सकिएको थियो । त्यसयता उपकुलपतिको जिम्मेवारी केही समय निमित्त र कार्यवहाकका भरमा चलेको थियो । तर ६ महिनाभन्दा बेसी भने उक्त जिम्मेवारीमा कोही थिएन ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया