नेपाल चेम्बर अफ कमर्स म्याग्दीमा रकाल

राकेश शर्मा
म्याग्दी
नेपाल चेम्बर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरतबहादुर रकाल शाही चयन भएका छन् । बेनीमा भएको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राइजेज प्रालिका सञ्चालक युवा व्यवसायी शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा, उपाध्यक्ष गंगा केसी, महासचिवमा सम्झना अधिकारी, कोषाध्यक्षमा कुल बहादुर बोहोरा, सचिवमा प्रविन सापकोटा र सहकोषाअध्यक्षमा कुशल पौडेल रहेको सदस्यमा २७ सदस्य चयन भएका छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हितका लागि नेपालमा पहिलो स्थापना भई हाल सम्म व्यवासयीको लागि काम गरिरहेको बताए । उनले अहिलेको अवस्थामा व्यवासायीहरु पलायन हुने अवस्था पनी सरकारले व्यवसायीको लागि कुनै काम नगरेको बताए ।
कार्यक्रममा युवा व्यवासायी धनबहादुर छन्त्याल, म्याग्दी जेसिजका अध्यक्ष सुजन बरुवाल, चेम्बरका पोखराका कोषाध्यक्ष कमल बस्नेत, महासचिव राजु श्रेष्ठ, अर्जुन शर्माले बोलेका थियो ।
विक्रम संवत २००७ सालमा स्थापना भएको चेम्बर अफ कमर्सले नेपालमा सञ्चालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ ।
कार्यक्रम अध्यक्ष शाहीको अध्यक्षता, उपाध्यक्ष यामनाथ सुवेदीको स्वागत र निर्मल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया