वालिङ नपालाई आपतकालीन सामग्री प्रदान

समाधान संवाददाता
पोखरा
दियालो गैरसरकारी संस्थाको समन्वयमा केयर नेपाल र युकेएडद्वारा वालिङ नगरपालिकालाई आपतकालीन सामग्री हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका कार्यालयमा दियालो गैरसरकारी संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले नगर प्रमुख दिलीपप्रताप खाँणलाई आपतकालीन सामग्री हस्तान्तरण गरेकी हुन् ।
अविरल वर्षासँगै आएको पहिरोले ज्यान गुमाएका परिवार, विस्थापित परिवार तथा नगरका विभिन्न वडामा प्राकृतिक विपत्तिमा परेकालाई नगरपालिकामार्फत उपलब्ध गराउने उद्देश्यले आपतकालीन सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गैह्रेले बताए ।
केयर नेपालद्वारा बेसिक सेल्टर किटस् ५० थान, ब्ल्यांकेट १०० थान, डिग्निटी किटस् ५० थान र हाइजिन किटस् ५० थान उपलब्ध गराएको छ । प्याकेजका रुपमा रहेका उक्त सामग्रीमा तत्कालका लागि आवश्यक पर्ने कपडा समेत छन् ।
आपतकालीन सामग्री ग्रहण गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले आपतकालीन सामग्री उपलब्ध गराएकोमा सहयोगदाताहरुप्रति धन्यवाद ज्ञापन गरे । उनले प्राप्त सामग्री वास्तविक प्रभावितमाझ पुर्याउने प्रतिवद्धता ब्यक्त गरे ।
आपतकालीन सामाग्री हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रवक्ता एबं वडा नम्वर १ का अध्यक्ष केदार काफ्ले, वडा नम्वर ११ का अध्यक्ष वसन्तकुमार मल्ल, दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे, सुआहारा कार्यक्रमका गण्डकी प्रदेश संयोजक याम जिसी लगायतको उपस्थिति थियो ।






सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया