बारागुङ मुक्तिक्षेत्रमा यातायात सेवा

समाधान संवाददाता २०७७ असोज ११ गते ०:००

एसके थकाली
जोमसोम

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले स्थानीय यातायात सेवा चलाउने तयारी गरेको छ ।

पालिकाका भित्रका ५ वडाका जनतालाई सदरमुकाम जोमसोमसम्मको आवत जावतलाई सहज बनाउन आइतबारदेखि यातायात सञ्चालन गर्न लागेको हो । पालिकामा सडकको पहुँच पुगे पनि स्थानीयहरु भरपर्दो र उपयुक्त यातायात सेवा पाउन बञ्चित थिए ।

Advertisement

यातायात चलाउन मुस्ताङ मुक्तिनाथ यातायात प्रालिसँग गाउँपालिकाले सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष फेन्चोकछेप्तेन गुरुङ(धारा¬¬)ले जानकारी दिए । गाउँपालिकाले यातायात व्यवसायीका प्रालिका अध्यक्ष राजुप्रसाद लालचनसंग शनिबार गरेको ९ बुदे सम्झौतापत्रमा समितिले १२ महिना भरी सवारी चलाउने व्यवस्था मिलाउनु पर्ने शर्त रहेको पालिकाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए ।

सवारी चलाउनको लागि पालिकाले समितिलाई वार्षिक ३ लाख रुपैयाँ प्रदान दिने भएको छ । यात्रुको सुविधाको लागि समितिले ३ वटा सवारी साधनको व्यवस्था गरेको छ ।

Advertisement

यातायात सञ्चालन भएपछि वारागुङ मुक्तिक्षेत्रका चैले, छुसाङ, एक्लेभट्टी, कागबेनी,ताङ्वे छुसाङ, चैले, झोङ, पुडाक, झारकोट, खिंगाका जनता लभान्वित हुने गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

तपाईको प्रतिक्रिया