लिगमा रियल मड्रिडकाे पहिलाे जित

समाधान संवाददाता २०७७ असोज ११ गते ६:५२

एजेन्सी

रियल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ३–२ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा रियल मड्रिड २–१ ले पछि परेको थियो । तर दोस्रो हाफमा रियल मड्रिडले दुई गोल गर्न सफल भयो ।

Advertisement

१४ औँ मिनेटमा भल्भेर्देले गोल गरी रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । तर म्यान्डीले ३५ औँ तथा विलियम कारभाल्होले ३७ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा रियल बेटिसले अग्रता लियो ।

४८ औँ मिनेटमा रियल बेटिसका लेइते डी सोउजा जुनियरले आत्मघाती गोल गरे । ६७ औँ मिनेटमा उनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

Advertisement

८२ औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जिओ रामोसले गोल गरेपछि रियल मड्रिड विजयी भयो । पहिलो खेलमा बराबरीमा रोकिएको रियल मड्रिडको यो लिगमा पहिलो जित हो ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा रियल सोसिडाडले एल्चेलाई ३–० ले पराजित गर्यो भने एलाभेस र गेटाफेले गोलरहित तथा भ्यालेन्सिया र हुएस्काले १–१ को बराबारी खेले ।

फाइल तस्विर ।

तपाईको प्रतिक्रिया