‘चैतसम्ममा शैक्षिकसत्र पूरा गर्न सकिन्छ’

समाधान संवाददाता २०७७ असोज ११ गते ७:५०

समाधान संवाददाता, पोखरा

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कास्कीले चौथो वार्षिक साधारण सभाको अवसरमा कोभिड १९को विषम परिस्थितिमा शिक्षाको सवाल विषयक अन्तक्र्रिया गरेको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारायणप्रसाद सुवेदीले अहिलेसम्मकोअवस्थामा पठनपाठनलाई निरन्तरता दिन सके चैतसम्ममा शैक्षिक सत्रलाई पूरा गर्न सकिने बताए ।

Advertisement

कोभिड १९ को रोकथाम नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको कारण अहिलेसम्म पनि विद्यालयको पठन पाठन नियमित हुन नसेकको उल्लेख गर्दै उनले समयमा शैक्षिकसत्रलाई पूरा गर्न पाठ्यक्रमलाई छोट्याउन सकिने धारणा राखे ।

‘समयमै शैक्षिक सत्र पूरा गर्नपाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमलाई छोट्याएको छ, उनले भने, ‘कुनै कारणचैतमा नसकिए वैशाख जेठसम्म शैक्षिकसत्र लम्बाउन सकिन्छ ।’ उनले शिक्षा विकास तथा समन्वय इकाइले अहिलेसम्म विद्यार्थी भर्ना नगर्न भने पनि सबै विद्यालयमा भर्ना भइसकेको उल्लेख गरे ।

Advertisement

उनले सरकारी निकायले विद्यार्थी विवरण बुझाउन भनेर घुमाउरो पाराले भर्ना गर भनेको उल्लेख गरे । कोभिड १९को कारण स्वास्थ्य निकाय, प्रहरी प्रशासनले भिडभाड नगर्न निर्देशन गरेता पनि शैक्षिक निकायलाई विद्यार्थीलाई विद्यालयमा नल्याएसम्म सुख नलाग्ने उनले उल्लेख गरे ।

उनले लकडाउनमा शिक्षा सिकाइको वैकल्पिक व्यवस्थाबारे फरक ढंगले बहस गर्नु पर्ने खाँचो औल्याए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत वसन्तराज पौडेलले लकडाउनले पठन पाठन रोकिएको अवस्थामा महानगरले टेलिभिजन मार्फत पोखरा शैक्षिक अभियान चलाएको जानकारी दिए ।

महानगरले असारदेखि अनलाइन कक्षा चलाउन अनुमति दिएको उल्लेख गर्दै उनले शिक्षक विद्यार्थीको प्रत्यक्ष भेटघाट विनाज्ञान हासिल गर्न कठिन भएको बताए ।

उनले वैकल्पिक शिक्षाका लागि स्वअध्ययन सामग्री तयार पारेको जनाए । अहिलेको अवस्थामा भिडभाड नहुनेगरी महानगरभित्रका धेरै विद्यालय चलाउन सकिने उनले उल्लेख गरे ।

पूर्व जिल्ला शिक्षा अधिकारी दयाराम गौतमले विषम परिस्थितिमा शिक्षाको सिकाइलाई निरन्तरता दिनुपर्ने बताए ।

विद्यार्थीलाई सके विद्यालयमा वोलाउने उल्लेख गर्दै उनलेशिक्षकलाई समय तालिका मिलाएर टोलटोलमा गएर सिकाउने वातावरण मिलाउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य गिरीधारी सुवेदी, अभियानका गण्डकी प्रदेशका संयोजक इन्दिरा पौेडेल, अभियानका कास्की संयोजक शिवराज शर्मा, सचिव विदुर कोइरालाले विद्यालय खुले पनि नखुले पनि शिक्षकलाई परिचालन गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया