लागुऔषध सहित पोखराका दिपेश पक्राउ

समाधान संवाददाता २०७७ असोज ११ गते ११:२५

समाधान संवाददाता, पोखरा

कास्कीमा शनिबार बेलुका लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पोखरा १३ गौँडाको मुखमा हिँडिरहेको अवस्थामा सोही ठाउँका दिपेश गुरुङ लागुऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Advertisement

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट २३ एम्पुल डाईजापाम, २४ एम्पुल फेनेरागन र २४ एम्पुलनै नुरफिन फेला परेको हो ।

Advertisement

हमालका अनुसार गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ विपरितको कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया