पद्मश्री उप्रेतीको ‘हंस’लाई, प्रश्रितलाई साधना सम्मान

समाधान संवाददाता २०७७ असोज ११ गते १२:०४

समाधान संवाददाता

२०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाउने भएको छ ।

साथै पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गरिने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो ।

Advertisement

हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, उसले बनाएको कानुन तथा संस्कारका कारण प्रकृतिसँगको प्रेम र सम्बन्ध कसरी जटिल बनेको छ भन्ने देखाएका कारण पुरस्कृत गरिएको र समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु तीन लाख रुपैयाँ रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया